बाजुरामा भालुको आक्रमणबाट एक महिला घाइते

बाजुरा- बाजुरामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्। शनिवार बिहान जंगली भालुको आक्रमणबाट बुढीगंगा नगरपालिका वडा नम्बर ७ झालीकी २७ वर्षीया सुनिता कटुवाल घाइते भएकी हुन्।

Dadeldhura hospital

स्थानीय खडक विष्टका अनुसार घर नजिकै रहेको मकै बारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला लुकेर बसेको जंगली भालुले महिलालाई आक्रमण गरेको हो।

Navadurga sun
Godawari sandesh

भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खट्टा र अन्य शरीरमा चोट लागेको छ। स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्समा अछामको बयालपाटा अस्पतालमा लगिएको छ। जंगली भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात् मध्यम खालको रहेको बताइएको छ।

बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा वर्षेनी भालुको आक्रमणका कारण स्थानीयहरू घाइते हुने गरेका छन्। जंगल र झारी भएका कारण भालु लुकेर बसिरहने र मान्छे आएपछि आक्रमण गरी घाइते बनाउने गरेकोपछि स्थानीय त्रसित बन्न थालेका छन्।

 

Loading...