कृष्णपुरबाट तीन नाल भरुवा बन्दुक बरामद, तीन जना फरार

Dadeldhura hospital

महेन्द्रनगर- कञ्चनपुरको कृष्णपुरबाट तीन नाल भरुवा बन्दुक फेला परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका– १ कुमगडा स्थित राष्ट्रिय वनबाट प्रहरीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो ।

अस्थाई प्रहरी पोष्ट पहरीयाबाट खटिगएको प्रहरी टोलीले तीन नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार तीन जना तीन नाल भरुवा बन्दुकसहित हिँडिरहेकोमा प्रहरी देख्नासाथ उनीहरू बन्दुक छोडेर जंगलतर्फ भागेका थिए ।
प्रहरीले फरारहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।

Loading...