कैलालीमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

कैलाली- कैलालीमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा आइतबार दिउँसो सु.प.प्र. ०२००१ ह १६५२ नम्बरको अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

लालपुरको भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको अटो चालक गोविन्द नेपालीले पैदल यात्री १२ वर्षीय बालक अभिसेक बिकलाई बचाउन खोज्दा अनियन्त्रित भएर अटो दुर्घटना भएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

अटो पल्टिदा पैदल यात्री बालक सहित अटोमा सवार सोही वडाकी ईन्द्रा साउँद, उनका दुई वर्षीय छोरा दीपक साउँद, सोही ठाउँकी अमृता भट्ट र डोटीको दिपायल सिलगढी नगरपालिका–४ का साईले साउँद घाइते भएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते बालक अभिसेक वि।क बाहेक अन्य सबैको अवस्था सामान्य रहेको छ । मध्यम अवस्था रहेका बालक अभिसेकलाई उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

 

Couple
Loading...