

अत्तरिया– नेकपा एमाले गोदावरी नगर कमिटिले गोदावरी नगरपालिका-९ धनचौरीका स्वर्गिय रतन बहादुर भट्टराईको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ ।



उनको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण नगर कमिटिको तर्फबाट ४ थान ब्लाङ्केट, २ बोरा चामल, तेल, चिनि, १० केजि आटा, चियापत्ति, दाल लगायतका सामाग्री सहयोग गरिएको नगर उपाध्याक्ष सन्तोष सिंहले बताए ।


यस्तै भट्टराई परिवारलाई नगर कमिटीले ३ हजार ५ सय रुपैयाँ नगद सहयोग गरेको समेत सिंहले बताए । सहयोग कार्यक्रममा नगर सचिवालय सदय बिक्रम बिष्ट, रुपेश बिक, छबिन्द्र नाथ योगी, इश्वर बडुवाल तथा नगर सदस्य दिपेन्द्र भण्डारी, वडा सदस्य धुर्ब भट्टराई, वडा कमिटि ९ का अध्यक्ष कुमार जप्रेल, नबिन बुढामगर लगायतको सहभागिता रहेको थियो ।