श्रमदान गरेर सडकमा ढलान

डोटी-  डोटीको केआईसिंह गाउँपालिकामा श्रमदानबाट १ सय ३० मिटर सडक ढलान गरिएको छ। गत असार १८ गतेबाट गाउँपालिकामा श्रमदान अभियान सुरु गरिएको थियो। सेरी गाडमा पुल निर्माणमा काम श्रमदानबाट सुरु भएको अभियान निरन्तर सञ्चालन भइरहेको छ।

दिपायल–वायल–चवराचौतारा सडकखण्ड अन्तर्गत दिपायलदेखि वायलसम्म कालोपत्रे सडक भइसकेको छ। तर सो सडकखण्ड अन्तर्गत तुस्यात खोलाको वारिपारी १ सय ३० मिटर सडक कालोपत्रे हुन सकेको थिएन। अहिले श्रमदानबाट नै उक्त सडकको ढलान गरिएको छ।

Navadurga sun

सो क्षेत्रमा मोटरेबल पुल पर्ने भनिए पनि वर्षौदेखि पुल निर्माण नभएको र सडक पनि बिग्रिएका कारणले सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको थियो।

तुस्यात खोलामा सडक बिग्रेको बहाना बनाएर यातायात व्यवसायीहरूले चर्को मूल्य असुल्ने काम गरिरहेकाले पनि सो ठाउँमा आरसीसी ढलान गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए। यसअघि पालिकाले करिब ६०र७० लाख लगानीमा बन्ने पुल श्रमदानबाटै वडा नम्बर ४ वायल को सेरी गाडमा पुल निर्माण गरेको थियो।

उक्त अभियानमा विभिन्न निर्माण व्यवसायीले पनि निःशुल्क रुपमा निर्माण सामग्री उपलब्ध गराइरहेका छन्। गाउँपालिकाले ५ लाखसम्मका योजनामा वडाध्यक्ष र सदस्यहरूले अनिवार्य रूपमा एक दिन श्रमदान दिनुपर्ने र ५ लाखभन्दा माथिका योजनाहरूमा पालिका अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधिले अनिवार्य श्रमदान गर्नेपर्ने नीति ल्याउने तयारी गरेको छ। जनप्रतिनिधिहरूको नेतृत्वमा महिनाको प्रत्येक शनिबार श्रमदान गर्नुपर्ने योजना बनाइरहेको उनले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...