कैलालीबाट अवैध लागुऔषधसहित तीनजना पक्राउ

कैलाली- धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागुऔषध ब्राउनसुगर ६ सय ५० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६० मिलिग्रामसहित गुलरिया नगरपालिका-७ बस्ने ४३ वर्षीय बच्छिराज खटिकलाई प्रहरीले पक्राउ गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...