बुधबार सुदूरपश्चिम प्रदेशमा थप ६१ जनामा कोरोना संक्रमण, २०८ जना संक्रमणमुक्त

अत्तरिया, २ असार- सुदूरपश्चिम प्रदेशमा बुधबार (आज) संक्रमित हुने भन्दा तेब्बर बढीले कोरोना जितेका छन । पछिल्लो २४ घण्टामा प्रदेशमा ६१ नयाँ कोरोना संक्रमित थपिएको हो । पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा ३४ र एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

Dadeldhura hospital

बुधबार पिसिआर विधिबाट १ सय ५२ र एन्टीजेन बिधिबाट ९ सय १२ नमूनाको कोरोना परिक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २ सय ८ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या ३३ हजार ५ सय ३६ पुगेको छ भने कुल संक्रमितको संख्या ४३ हजार १५ पुगेको छ ।

Navadurga sun
Godawari sandesh

पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणबाट ज्यान नगएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ५ सय ६१ जनाको मृत्यु भएको छ ।

Loading...