पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं- देशमा पश्चिमी वायु तथा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबारसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ।

महाशाखाका अनुसार हाल देशका हिमाली भूभाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहेको छ। अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ।

Navadurga sun

यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान छ। देशका पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ।

त्यसैगरी, मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...