प्रमुख सेनानी कार्कीको नागरिक अभिनन्दन

दिपायल- भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीको नागरिक अभिनन्दनसहित बिदाइ गरिएको छ । विगत डेढ वर्षदेखि डोटीमा कार्यरत कार्कीलाई डोटीका नागरिक संस्थाहरुले एक कार्यक्रमबीच सम्मानसहित बिदाइ गरेका हुन् ।

उनलाई दिपायल सिलगढी नगरपालिका वडा ६ का स्थानीयहरुले गाउँमै बोलाएर अभिनन्दनसहित बिदाइ गरे ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

शनिबार दिपायलमा आयोजित बिदाइ तथा सम्मान कार्यक्रममा, बोगाटन फुड्सिल गाउँपालिका, डोटी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, चेम्बर अफ कमर्स, शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, होटल व्यवसायी सङ्घलगायतका सङ्घसंस्थाहरुले सम्मानपत्र, कदरपत्र, मायाको चिनो र दोसल्लासहित सम्मान गरेका हुन् ।

डोटीमा रहँदा प्रमुख सेनानी कार्कीले नेपाली सेना, नागरिक, व्यापारी, व्यवसायी र पत्रकारबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै डोटीको समग्र विकासमा योगदान गरेको नागरिक अगुवाहरुको भनाइ छ ।

कार्कीले डोटी जिल्लाको खेलकुद, पर्यटन, भौतिक निर्माण प्रकोप व्यवस्थापनमा महत्वपूर्ण योगदान दिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले बताए ।

 

Loading...