कृषि उपजले भाउ नपाउँदा बैतडीका किसान मर्कामा

बैतडी- लगानीअनुसार कृषि उपजले बजार भाउ नपाएपछि बैतडीका किसान मर्कामा परेका छन् । बैतडीमा ८ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ । तर त्यहाँका आलु उत्पादक किसानले लगानीअनुसारको मूल्य पाएका छैनन् ।

आलु, बन्दा, काउलीलगायत तरकारी उत्पादन गर्दै आउनु भएका बैतडीको सुर्नया गाउँपालिका–६ का जयबहादुर मडैले लगानीअनुसारको बजारमा मूल्य नपाएको बताए ।

राम्रो मूल्य पाउँला भन्दै कुर्दा किसानको तरकारी बारीमा नै कुहिने गरेको छ । भण्डारणका लागि चिस्यानगृह नहुँदा खेतमै कुहिने गरेको हो ।सुर्नया ६ का दान बहादुर मडैले ५० क्वीन्टलभन्दा बढी आलु गोठमा थन्क्याउनु परेको गुनासो गरे ।

यहाँका किसानले बजार मात्रै नभइ तरकारी ढुवानीमा पनि समस्या भोग्दै आएका छन् । तर किसानको समस्या समाधान गर्न स्थानीय तहले चासो दिएको छैन ।

पाटन नगरपालिकाका प्रमुख गौरीसिह रावलले किसानका समस्या समाधान गर्नकै लागि भनेर नगरपालिकाले हालसम्म कुनै योजना नबनाएको बताए ।

बैतडीको पाटन नगरपालिकाका वडा नम्बर ८, ९ र १० सिगास गाउँपालिकाका वडा नम्बर १, २ र ९ सुर्नया गाउँपालिका वडा नम्बर ६ का किसानले वर्षमा ८ हजारभन्दा धेरै टन आलु उत्पादन गर्दै आएका छन् ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.