कञ्चनपुरमा पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा पोखरीमा डुबेर ४ वर्षीय बालिकाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ धारा पानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको बिहीबार पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

खेलिरहेको अवस्थामा घर नजिकै रहेको माछा पोखरीमा चिप्लेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...