“हाम्रो गोदावरी हाम्रो अभियान” मार्फत मालाखेती अस्पताललाई थप २ थान अक्सिजन कन्सनट्रेटर सहयोग




अत्तरिया, १ असार- कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको मालाखेती अस्पताललाई थप २ थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको छ ।



“हाम्रो गोदावरी हाम्रो अभियान” मार्फत चौधरी फाउण्डेशनको सहयोगमा आज (मंगलबार) अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएकोे हो । कोरोना भाईरसको महामारीले सृजना भएको अक्सिजन अभावको समस्यालाई मध्यनजर गरी अभियानमा संलग्न युवाहरुको आग्रहमा फाउण्डेशनले अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ ।


उक्त अक्सिजन कन्सन्ट्रेटर हाम्रो गोदावरी हाम्रो अभियानका अभियान्ताहरुले मालाखेति अस्पतालका निमित्त मेसु डाक्टर उत्तम बिस्टलाई हस्तान्तरण गरेका छन् । अभियान अन्र्तगत मालातेखी अस्पातलाई अहिले सम्म ८ थान कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हाम्रो गोदावरी हाम्रो अभियानका संयोजक प्रमोद अधिकारीले जानकारी दिए ।



