सुदूरपश्चिममा आज ४५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु




अत्तरिया, १ असार- सुदूरपश्चिम प्रदेशमा आज ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अबधिमा प्रदेशका बिभिन्न ४ वटा प्रयोगशालामा ३१४ जनाको पीसीआर तथा ८ सय ८७ जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।



जसमा धनगढीको सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २२४ जनाको नमूना परीक्षण गर्दा १३ जना, कञ्चनपुरको महाकाली अस्पतालमा २८ जनाको नमूना परीक्षण गर्दा ९ जना, डडेल्धुरा अस्पतालमा ५ जनाको नमूना परीक्षण गर्दा १ जना र बैतडी अस्पतालमा ५७ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । त्यसैगरी आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरमा एक जना र डडेल्धुरामा एक जना गरी २ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६१ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।



