डोटीमा काठसहित ट्याक्टर पक्राउ

धनगढी- डोटीमा काठसहित ट्याक्टर पक्राउ परेको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष वीर बहादुर दर्लामी मगरको सु.पु.प्र.०१ ००२ त ५८३४ नम्बरको ट्याक्टर काठसहित बरामद गरिएको हो।

बिहीबार राती ९ बजे पालीकाको छहरा सामुदायिक बनबाट काठ ल्याउँदै गरेको अवस्थामा बन रक्षकले काठसहित ट्याक्टर चालकलाई नियन्त्रणमा लिएका थिए।

नियन्त्रणमा लिइएका ट्याक्टर चालक जोरायल गाउँपालिका वडा नम्बर २ बजिलेकका डम्मर थापा र काठसहित वडाध्यक्षको जिम्मा लगाएका थिए।

वन कार्यालयले ट्याक्टरमा ढुवानी गर्न थालिएको ९८ दशमलव ८९ क्यूफिट टुनीको काठसहित थापालाई पक्राउ गरेको हो। अहिले काठ र ट्याक्टर सव डिभिजन वन कार्यालय, बुडरको नियन्त्रणमा रहेका छन्।

 

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.