डडेल्धुरामा टिप्पर दुर्घटना

Bhancha ghar0

डडेल्धुरा- डडेल्धुरामा टिप्पर पल्टिदा दुर्घटना भएको छ। धनगढीबाट सिमेन्ट बोकेर बैतडी जाँदै गरेको टिप्पर अमरगढी नगरपालिका– ८ रातो गुराँस रिसोर्ट नजिक सडक छेउमा दुर्घटनामा परेको हो। २३ वर्षीय चक्रबहादुर ऐरले चलाएको टिप्पर शुक्रवार बेलुकी पौने ५ बजेतिर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार सिमेन्ट बोकेको से १ ख ११३० नम्बरको टिप्परको अगाडिको भाग सडकको नालीमा फसेको छ।टिप्परमा सामान्य क्षति भएको तर मानवीय क्षति भने नभएको उनले बताए। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.