अत्तरियाबाट लागु औषधसहित तीन जना पक्राउ

धनगढी- कैलालीको अत्तरियाबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषकमा खटिएको प्रहरी टोलीले अत्तरिया बजारका छुट्टा छुटै स्थानबाट लागु औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो।

शुक्रवार डडेल्धुराको परशुराम नगरपालिका-११ घर भई हाल कैलालीको गोदावरी नगरपालिका ९१ मा डेरा गरी बस्ने २७ वर्षीय खडक बिष्टलाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ८० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Navadurga sun

उनीसँगै बस्ने आलिताल गाउँपालिका९६ का ३२ वर्षीय विष्णु बिष्टको साथबाट पनि ७० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको डिएसपी गणेश बरालले बताएका छन । शुक्रवार नै गोदावरी नगरपालिका९२ महेन्द्रनगरबाट २१ वर्षीय दिलीप कडायत पनि लागु औषध सहित पक्राउ परेका छन ।

उनको साथबाट ९६५ मिलिग्राम लागु औषध खैरो हेरोइन फेला परेको थियो । पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...