हरिपृया प्रकाश फाउन्डेसनले प्रादेशिक अस्पताललाई ५०० अक्सिज सिलेण्डर भरेर हस्तान्तरण

अत्तरिया, १ असार- सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले हरिपृया प्रकाश फाउन्डेसनको तर्फबाट नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीद्वारा प्राप्त ५०० अक्सिजन सिलेन्डर भरेर दिईने बोर्ड सहित अक्सिजनले भरिएको ट्रकबाटै सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

मुख्यमन्त्री भट्टले प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै खादा, माला र मन्च नबनाएर सिधै अक्सिजन भरिएको ट्र्क सहित अस्पताल परिसरमा गरिएको यो उदाहरणिय कदम अनुकरणीय भएको बताउँदै नेपाली कांग्रेसको नेतृ स्वर्गीय हरिप्रीया भण्डारीको स्मृतिमा परिवारद्वारा कोरोनाकाल दिईएको लाखौंको निस्वार्थ सहयोगलाई धन्यवाद दिदै स्वास्थ्य सेवा बजेटमा केन्द्रित सरकार नेपाली कांग्रेस समेतको सहयोगले ५ बर्ष नै सहमति र सहकार्यमा टिक्ने बताएका छन् ।

Dadeldhura hospital

बिशिस्ट अतिथी प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले कोरोनाको महायुद्धमा सुदुरपश्चिममा स्वास्थ्य सामग्री, खाद्यान्न बाडदै आएका युवानेता भण्डारीले १८०० सिलेन्डर बितरण गरेर प्रदेश मै नेपाली कांग्रेसको प्रतिष्ठा बढाएकोमा धन्यवाद दिदै प्रदेश सरकारलाई नागरिक स्वास्थ्यको मुद्दामा प्रष्ट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

विशिष्ट अतिथी कांग्रेस कैलालीका सभापति नरनारायण शाहले “जनमन कांग्रेस र तनमन सेवा“ अभियान अन्तगर्त कांग्रेसको निर्देशनमा क्षितिज भण्डारीद्वारा बाढीपहिरोमा लाखौंको टेन्ट दिनेदेखि आजसम्म बितरित अक्सिजन सिलेन्डर अभियानल बिपन्न बर्गका नागरिकहरु तत्कालै लाभान्वित हुने भएकोले यस्तै फास्ट ट्र्याकमा प्रत्येक वार्ड्मा आईसियु र भेन्टिलेटर स्थापना प्रदेश सरकारलाई सुझाव दिए ।

मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले सयुक्त रूपमा कोरोना अवधीमा ज्यान खतरामा राखेर मानवीय सेवा गर्नेहरुलाई सम्मानित गरेको थियो । सम्मानित हुनेहरुमा नेपाल प्रहरी डिआईजी उत्तम सुबेदी, मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे, सभापति नरनारायण शाह, धनगढी उपमहानगरपालिका प्रमुख नृप वड, उपप्रमुख सुशिला मिश्र, ह्युमनिटि फाउन्डेसन अध्यक्ष श्याम टायल, रोटरी कल्बका अध्यक्ष तोयराज भट्ट, हरिषचन्द्र ठाकुर, डा. देवराज पनेरु, युवानेता शिव ओली रोयल कोलाब्रेटस अध्यक्ष गजेन्द्र शाही, नवआदर्श कल्ब अध्यक्ष निराजन खड्का, जगत सिह, भवानीसिह भण्डारी, निपा चोखाल र उधोग ब्याणिज्य संघ आदि सस्थागत सम्मानित भएका थिए । सो कार्यक्रमको सन्चालन नृपबहादुर सुनारले गरेका थिए भने स्वागत मन्तव्य देवराज ओझाले गरेका थिए ।

Loading...