

प्रकाश बहादुर बोहरा
अत्तरिया, ८ साउन– कैलालीको अत्तरियामा २०६८ सालमा स्थापित भएको अत्तरिया टेक्निकल कलेजमा मेडिकल ल्याब टेक्नोलोजी भर्ना खुलेको छ । “प्राविधिक सिप सहितको आत्मनिर्भर, गतिशिल र समाज मूलक समाजको सृजना” भन्ने मुल नाराका साथ उक्त कलेजमा भर्ना खुलेको हो ।


२०७१ बाट टीएसएलसी मेडिकल ल्याब सञ्चालित रहेको कलेजलाई सीटीईभीटीले २०७९ बाट ३ बर्षे ल्याब टेक्नोलोजी सीटीईभीटीबाट सम्वन्धन प्राप्त एक मात्र प्राविधिक कलेज गोदावरी नगरपालिका वडा नं.२ अत्तरिया कैलालीमा रहेको छ । उक्त कलेजले शैक्षिक सत्र २०८०/०८१ का लागि मेडिकल ल्याब टेक्नोलोजीमा भर्ना खुल्ला गरेको हो ।



त्यस्तै कलेजले भर्ना कार्यक्रम अन्तरगत प्रमाण पत्र तह मेडिकल ल्याब टेक्निसियन ३ बर्षे कोर्षको भर्ना आवेदन असार २९ गते देखि खुल्ला गरि फाराम भर्ने अन्तिम मिति २०८० साउन १२ गते शुक्रबार सम्म तोकिएको छ ।
एसइइमा २ जीपीए आएका बिद्यार्थीहरुले पढ्न पाउने क्याम्पस प्रमुख नर बहादुर चौधरीले बताएका छन । यस सम्वन्धी थप जानकारी लिनु पर्ने भएमा मोवाईल नं. ९८५८४८१७००, ९८६५९५२४५१ बाट जानकारी प्राप्त गरी कलेजमा सम्पर्क गर्न सकिने छ ।
