



धनगढी- कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा बस्ने ८ वर्षीया यमुना सापकोटाको सोही ठाउँस्थित काडा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





