



अत्तरिया– नेपाल विद्यार्थी संघ दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाले अनाथालयलाई खाद्यान्न र आर्थिक सहयोग गरेको छ ।शनिवार ४१ औँ बिपी जयन्तीको अवसरमा नेविसंघ दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाले अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई ७ हजार बराबरको खाद्यान्न र शैक्षिक सामाग्रीका लागि नगद ४ हजार पाच सय सहयोग गरिएको नेविसंघ दुर्गालक्ष्मीका इकाई सभापति देवराज ओझाले जानकारी दिए ।


खाद्यान्न सहयोग कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ का नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति ललित रोकाया, गोदावरी नगरपालिका नगर सभापति वीरबहादुर चोखाल नेविसंघ कैलालीका सभापति मनिष कुवर तथा नेविसंघका सदस्य सहभागी रहेका थिए ।





