दार्चुला – दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ । कार्यालयले आव २०७९र८० मा १९ लाख ६८ हजार लक्ष्य राखेकामा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो ।
गत आवमा र ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय सात दशमलव ३८८ प्रतिशत राजस्व सङ्कलन भएको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए।

दार्चुलामा मूल भन्सार कार्यालय स्थापना भएदेखि राजस्वमा वृद्धि भएको यो पहिलोपटक हो । पछिल्लो समय नागरिक करको दायरामा आउँदा राजस्वमा वृद्धि भइरहेको कार्यालय प्रमुख प्रसादले बताए। यस्तै कार्यालयले चालु आवमा रु ५० लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए।
