कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ

Dadeldhura hospital

धनगढी-  कैलालीको गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरीबाट बुधवार साँझ कञ्चनपुर कृष्णपुर नगरपालिका–८ का २५ वर्षीय भुवन चौधरीलागुऔषधसहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलिले चेकजाँच गर्दा उनको साथबाट २२० मिलीग्राम लागुऔषध फेला पारि पक्राउ गरिएको डिएसपी गणेश बरालले बताए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

 

 

 

 

Navadurga sun
Godawari sandesh
Loading...