डोटीमा बौलाहा कुकुरको टोकाईबाट पाँच जना घाइते

डोटी- डोटीमा बौलाहा कुकुरको टोकाईबाट पाँच जना घाइते भएका छन्। जिल्लाको शिखर नगरपालिका वडा नम्बर–१ कपल्लेखीमा बौलाहा कुकुरले एकै दिन पाँच जनालाई टोकेको हो।

शुक्रवार साँझ २८ वर्षीया मिना महारा, ३९ वर्षीया सीता भुल र १० वर्षीय आदेश विकलाई कुकुर टोकेको हो। बिहान पनि २ जनालाई सोही कुकुरले टोकेको थियो। कुकुरले टोकेका उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचारपछि घर पठाइएको छ। कुकुर नियन्त्रणमा नआएको वडाध्यक्ष दीपक बोगटीले बताए।

Navadurga sun

कुकुर नियन्त्रणमा नआएको हुनाले जुनसुकै बेला अरूलाई पनि टोक्नसक्ने भएकाले वडाभरि माइकिङ गरि जानकारी दिइएको अध्यक्ष बोगटीले बताए। कुकुर नियन्त्रणका लागि डिभिजन वन कार्यालय डोटी तथा प्रहरी लगायतका निकायसँग समन्वय भएको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...