धनगढीमा लागुऔषधसहित युवक पक्राउ

धनगढी- धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ बिशाल नगरबाट २१० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २४ वर्षीय सन्दिपपौडेललाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिइएको प्रहरी गस्ती टोलीले शंकालागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...