डोटीमा घर भत्किदा एक महिलाको मृत्यु

डोटी- डोटीमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैरामा घर भत्किएर च्यापिँदा ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीले शनिवार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जनाइएको छ।

Navadurga sun

राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमान्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...