


अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ मा विश्व खेलकूद दिवसको उपलक्ष्यमा सितोरियो कराते डो भएको करातेमा श्री जे बी एकेडेमीका कराते खेलाडीहरुले पदक हासिल गरेका छन् ।



२५ किलो तौल समुहमा स्वर्ण पदक स्रिया बोहराले हासिल गरिन् । त्यस्तै ३५ किलो तौल समुहमा कास्य पदक सब्द कुँवर र अर्पण भण्डारीले प्राप्त गरे । ३० किलो तौल समुहमा कास्य पदक भुपेन्द्र नाथले प्राप्त गरेका हुन् ।


त्यस्तै ३५ किलो तौल समुहमा रजत पदक अनु गिरीले जितिन भने दिया बोहराले ६० किलो तौल समुहमा रजत पदक हात पार्न सफल भइन ।
उक्त सितोरियो कराते डो कार्यक्रम वडा नं. ४ को आयोजनामा भएको थियो भने लाली गुराँस युवा क्लबले सहयोग गरेको थियो ।





