कैलालीमा डाँका चोरी मुद्दामा फरार अभियुक्त १० बर्ष पछि पक्राउ

धनगढी, ३० जेठ- कैलालीमा डाँका चोरी मुद्दामा फरार रहेका एक ब्यक्ती १० बर्ष पछि पक्राउ परेका छन् । फरार अभियुक्त २०६५ साल मंसिर ५ गते जिल्ला कैलालीको साबिक मालाखेती गाबिस वडा नं.७ बाट यार्सागुम्बा लगायत नगद तथा जिन्सी सरसमान डाँका चोरीमा संलग्न रहेका थिए ।

Dadeldhura hospital

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. २ बस्ने बर्ष ५० को गोबिन्द राज अवस्थी त्यसबेला नै पक्राउ परी कैलाली जिल्ला अदालतको आदेशले धरौटी तारेखमा छुटेका थिए । तर सोही अदालतको मिति २०६८ असार ३१ गतेको फैसलाले उनलाई ६ बर्ष कैद र पैतालिस लाख अठतिस हजार पाँच सय पचास रुपैयाँ जरिवाना गराएको थियो ।

Navadurga sun
Godawari sandesh

पुनरावेदन अदालत र सर्वोच्च अदालतले पनि उनको मुद्दालाई कैलाली जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । जरिवाना तिर्न बाँकी रहेका उनी त्यस यता फरार रहेका थिए । उनलाई प्रहरीले शनिबार कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. ३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनलाई आज नै कैलाली जिल्ला अदालतमा दाखिला गरी आवश्यक कैद भुक्तान र जरिवाना असुलीका लागी कैलाली कारागारमा पठाईएको प्रहरीले जनाएको छ ।

Loading...