कैलालीको अत्तरिया उधोग बाणिज्य संघमा कविराजको अध्यक्षमा उम्मेदवारी, किन र केका लागी

अत्तरिया– कैलालीको अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेतृत्वको टिम घोषणा भई सकेका छन् । यही असार २३ गते नयाँ नेत्तृत्वको निर्वाचन हुने भएको छ । लामो समय अत्तरियामा बाशुलिङ एग्रोभट संचालन गरेर व्यापार गरी रहेका कविराज भट्टले अत्तरिया उधोग बाणिज्य संघको अध्यक्ष पदमा एकल उम्मेदवारी दिएर चुनावी मैदानमा हुमिएका छन् ।

उनले आफु निर्वाचित भएर गर्ने कामको प्रतिवद्धता समेत उद्योगी व्यवसायीहरुको माझमा प्रस्तुत गरेका छन् । निवर्तमान कार्य समितिको उपाध्यक्ष पदमा रही कार्य गर्दा आफ्नो जिम्मेवारी इमान्दारिता पूर्वक पुरा गरेको पनि उनले बताए । अब भने निवर्तमान कार्य समितिले म माथि कुनै पनि अपजकसन उठाउने ठाउ नरहेको बताए । व्यवसायीहरुको हकहित काम गरेको अनुभव छ। त्यसैल उम्मेदवारी दिएको बताए ।

Navadurga sun
Godawari sandesh

आफु लामो समय नेपाल पशुपन्छी औषधी व्यवसायी संघमा पदअधिकारी भएर सुदुरपश्चिमबाट काम गरेको र २०७६ सालको १२ र्औ राष्ट्रिय महाधिवेशनमा सुदुरपश्चिम प्रदेशका व्यापारीहरुका गतिविधीका कार्य सफलता पुर्वक काम सम्पन्न गरी एक उत्कष्ठ प्रदेशका रुपमा सम्मान समेत गराएको छु । त्यसैले म संस्थागत संस्था संचालन गर्न अनुभव रहेकाले आज यो संस्थाको अध्यक्षमा उम्मेदवार रहेको बताए ।

यो संस्थामा समावेशी हुन सकेन । त्यसकारण यो संस्था यो अवस्थामा पुगेको हो । यसमा पार्टीका नेता कार्यकर्ताहरुले राजनीती नगरे राम्रो हुन्थ्यो उनले भने । यो व्यापारीहरुको बिसुध संस्था रहेको अपिल समेत गरेका छन् ।

कविराज भट्टको अध्यक्षमा उम्मेदवारी किन र केका लागी ?

Dadeldhura hospital

⇒ उद्योग वाणिज्य संघको स्वामित्वमा रहेको जग्गाको भोगाधिकार कायम गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूमा ससक्त पहल गर्ने छु ।

⇒ उद्योग वाणिज्य संघको अधुरो भवनलाई आफ्नो कार्यकाल भित्र निर्माण कार्य सम्पन्न गर्ने छु ।

⇒ उद्योग वाणिज्य संघले गर्ने हरेक कार्य, खासगरी आर्थिक कारोवार पूर्ण रूपमा पारदर्शी बनाई अनियमितताको अन्त्य गर्ने छु।

⇒ उद्योग वाणिज्य संघ लाई राजनितिबाट अलग गरी विशुद्ध रुपमा सम्पूर्ण उद्योगी व्यवसायीहरुको साँझा संस्थाको अपनत्व महशुस हुने गरी संघको गरीमा कायम गर्ने छु ।

⇒ संख्यामा आवद्ध सदस्यहरुलाई पर्ने आपतकालीन समस्यामा राहत प्रदान गर्न अक्षय कोषको थालनी गर्ने छु ।

⇒ विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थाहरू संग सहकार्य समन्वय गरी व्यवसायीक हितका लागि विविध क्रियाकलापहरु संचालन गर्ने जमर्को गर्ने छु ।

⇒ यस क्षेत्रका प्रवुद्ध उद्योगी व्यापारीहरुको सल्लाहकार समिति गठन गरी उक्त समितिको राय सल्लाह, सुझाव र मार्गदर्शनका आधारमा कार्य संचालन एवं कार्यान्वयन गर्ने छु ।

Loading...