कैलालीको अत्तरिया उधोग बाणिज्य संघ को नयाँ नेतृत्वको लागि दुई टिम हुने निश्चित

gyan kendra dadel

अत्तरिया- कैलालीको अत्तरिया उधोग बाणिज्य संघ को नयाँ नेतृत्वको लागि दुई टिम हुने निश्चित भएको छ । बर्तमान बरिस्ट उपाध्यक्ष कल्याण सिं बोहराले पनि भोली पत्रकार सम्मेलन गरेर आफ्नो टिम घोषणा गर्ने भएका छन ।

Khanepani dadeldhura

यस अघि बर्तमान कार्य समिती सदस्य मिना देवी देउबा नेतृत्वको टिम घोषणा भईसकेको छ । बोहरा समुहबाट बरिस्ट उपाध्यक्षमा हालका महासचिब यज्ञराज जोशीको चर्चा रहेको छ भने महासचिबमा हालका सचिब शंकर खड्काको चर्चा रहेको छ । सोही समुहबाट उपाध्यक्ष मा देबराज भट्ट, चेतराज पन्तको उम्मेदवारी रहने पक्कापक्की रहेको छ ।

ajaymeru gaupalika

त्यस्तै सचिबमा दिपिन कुमार साउँद र कोषाध्यक्षमा हेम भन्डारीको चर्चा रहेको छ । दुई टिम बने संगै चुनाबी चहलपहल पनि बढेको छ । संघको नेतृत्वलाई लिएर नेपाली काँग्रेस भित्र पनि दुई खेमा देखिएको छ ।

udhok dadeldhura

देउबा समुहलाई काँग्रेस नगर सभापती वीर बहादुर चोखाल, क्षेत्रिय सचिब जयराज फुलारा, काँग्रेस नेता उत्तम कठायत र टिकादत्त जोशी लगायतका नेताहरुको समर्थन रहेको छ ।

बोहरा समुहलाई भने क्षेत्रिय सभापती बसन्त रोकाया, नगर सचिब एबम हाल संघका अध्यक्ष रहेका अशोकराज देबकोटा, कांग्रेस नेता सुरत कार्की, पदमराज भट्टको साथ रहने बुझिएको छ । काँग्रेसमा प्रभाब राख्ने नगरप्रमुख बिरेन्द्र भट्टको साथ पनि बोहरालाई नै रहेको छ ।

अध्यक्षका दाबेदार देउबा र बोहरा दुबै काँग्रेस निकट ब्यबसायी हुन । उता नेकपा (एमाले), नेकपा (माओबादी), राप्रपा र रास्वपाको साथ भने देउबा समुहलाई रहेको छ ।

यहि असार २३ गते संघको निर्बाचन हुँदै छ । २ बर्षमा हुनुपर्ने अधिबेशन ५ बर्ष पछि हुन लागेको हो । संघका १५ सय बढि मतदाता रहेका छन ।

Loading...