कैलालीमा निषेधाज्ञालाई निरन्तरता दिने, निषेधाज्ञाको नयाँ ढाँचा बनाउने तयारीमा स्थानीय प्रशासन

Dadeldhura hospital

धनगढी, ३० जेठ- कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेपछि पनि निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार असार पहिलो सातासम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको बताइएको छ । निषेधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बनाउने तयारीमा स्थानीय प्रशासन रहेको छ ।

निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नका लागि छलफल भइरहेको सूचना अधिकारी जोशीले बताए । विद्यालय लगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी, सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेस लगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भइरहेको प्रशासनले जनाएको छ ।

Loading...