
कञ्चनपुर- कञ्चनपुर प्रहरीले जबरजस्ती करणी अभियोगमा एक जनालाई पक्राउ गरेको छ । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भीमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिंह महरालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।


खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





