त्रिनगर-गौरीफन्टा नाकामा खटिएका नेपाल-भारतका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण




धनगढी, २९ जेठ- नेपाल-भारत सीमा क्षेत्र त्रिनगर-गौरीफन्टा नाकामा खटिएका सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ ।



नेपाल भारत मैत्री संघले शनिबार भारतीय सुरक्षाकर्मी तथा नेपाली सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरेको हो । संघले नेपाल-भारत आउजाउ गर्नेलाई समेत मास्क र सेनिटाइजर वितरण गरेको नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष हरिशंकर ठाकुरले बताए ।


ठाकुरले भारतीय सीमा सुरक्षाबल (एसएसबी) का कमान्डेन्ट मुन्ना सिंहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए । स्वास्थ्य सामाग्री बुझ्दै कमान्डेन्ट सिंहले नेपाल भारत मैत्री संघलाई धन्यवाद व्यक्त गरेका थिए । संघले भारतका गौरैफन्टा कोतवाली, कस्टमका साथै सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत मास्क र सेनिटाइजर बितरण गरेको जनाएको छ ।



