बाजुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

बाजुरा- बाजुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा–३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ ग्वानी बस्ने संगिता बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए।

Navadurga sun

उनका अनुसार बोगटी मार्तडीबाट घर फर्किने बेला खोला तर्ने क्रममा बगाएर २० मिटर तल मृत अवस्थामा फेला परेकी हुन्। स्थानीयले महिलालाई खोलाले बगाएको खबर गरेपछि प्रहरीको टोली गएर खोजी गर्दा मृत अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...