अत्तरिया उद्योग वाणिज्य संघको चौथो साधारण सभा सुरु

अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन तथा चौथो साधारण सभा सुरु भएको छ । आइतबार संघको हलमा नयाँ नेतृत्व चयन गर्नको लागि चुनावी साधारण सभा सुरु भएको छ ।

अधिवेशन तथा साधारण सभाको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका हुन्। मेयर भट्टले ‘अत्तरिया उद्योग बाणिज्य संघ एउटा सामाजिक संस्था भएकोले यसलाई सबैले मिलेर अगाडी बढाउनु पर्छ’ उनले भने, ‘यसको नेतृत्वको लागि मिलेर अथवा छलफलबाट चयन गर्नुपर्ने बताए ।’ सहमत हुन नसके चुनाव भएमा कोही पराजित भएपनि त्यसलाई स्वीकार गर्नुपर्ने बताए ।

Navadurga sun

अघिवेशन तथा चुनावी साधारण सभाको उद्घाटन सत्रको समापन गर्दै संघका अध्यक्ष अशोक राज देवकोटाले कोरोना महामारी लगायतका कारणले गर्दा साधारण सभा गर्न ढिलाई भएको बताए ।

उनले अत्तरिया उद्योग बाणिज्य संघमा पछिल्लो समय आएका विभिन्न चुनौतिका कारण सोचे अनुसारको काम गर्न नसकिएपनि आगामी दिनमा आउने नयाँ नेतृत्वलाई ति चुनौती चिर्न सधै साथ सहयोगका लागि तत्पर रहने बताए ।

साधारण सभाको उद्घाटन सत्रमा होटल व्यवसायी संघकी केन्द्रिय उपाध्यक्ष, अत्तरिया खानेपानीका अध्यक्ष, संघका निवर्तमान अध्यक्ष लगायत संघका पदाधिकारी, सामाजसेवी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...