पत्रकार जोशीद्वारा शिवपुरीमा कल्पवृक्ष रोपण

धनगढी, २९ जेठ– सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकसित भइरहेको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित शिवपुरी धाममा कल्पवृक्ष रोपण गरिएको छ ।

वन वातावरणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार पुष्पराज जोशीले शनिबार कल्पवृक्ष रोपण गरेका हुन् । तीन हजारदेखि ६ हजार वर्षसम्म जीवित रहने यो वृक्ष वेद र पुराणमा उल्लेख गरिएअनुसार स्वर्गको विशेष रूख हो । पौराणिक धर्मशास्त्र र हिन्दू मान्यता अनुसार यो रूखको मुनि बसेको व्यक्तिले चाहे अनुसारको जे पनि पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।

Navadurga sun

हिन्दू धर्मको धार्मिक ग्रन्थ पुराणका अनुसार समुद्र मन्थन हुँदा १४ रत्न निस्केको बताउँदै शिवपुरी धामका पुरोहित हरिनारायण भट्टले भने,‘ती चौध रत्न मध्ये एक कल्पवृक्षको पनि उत्पत्ती भएको थियो ।’ उनका अनुसार कल्पवृक्ष स्वर्गको एक अद्भूत् रूख हो, जसको मुनि बसेर कल्पना मात्रै गरे त्यो कल्पित वस्तु प्राप्त हुन्छ । समुद्र मन्थनपश्चात् प्राप्त यो वृक्षलाई देवराज इन्द्रलाई दिइएको थियो । इन्द्रले कल्पवृक्षलाई ‘सुरकानन् वन’ –हिमालय पर्वतको उत्तरमा रहेको वन) मा रोपण गरेको हिन्दू धर्म शास्त्रमा उल्लेख भएको बताउँदै पुरोहित भट्टले भने,‘प्राचीन समयमा कल्पवृक्षमुनि बसेर ऋषिमुनिहरुले तपस्या गर्ने गरेको वेद र पुराणमा उल्लेख छ ।’

कल्पवृक्ष एक औषधिय गुण भएको रुख भएको कल्पवृक्ष सम्बन्धी जानकार महेन्द्रनगर कञ्चनपुरका आचार्य घनश्याम लेखक बताउँछन् । ‘हिन्दूधर्मको भागवतमा पनि कल्पवृक्षको बारेमा उल्लेख भएको बताउँदै लेखकले भने,‘यो एक बहुगुणी धार्मिक वृक्ष हो ।’ भारतका केही धार्मिक तीर्थस्थलमा थोरै मात्रामा यो वृक्ष देख्न सकिने बताउँदै उनले भने,‘कल्पवृक्ष भारतका केही तीर्थाटनमा मात्रै थोरै रुख छन् ।’ कल्पवृक्ष लोपोन्मुख वृक्ष भएको उनले बताए । कल्पवृक्षको पातमा भिटामिन सी अत्याधिक मात्रामा पाइन्छ । यस्तै गाईको दूध भन्दा दुई गुणा बढी क्याल्सियम पनि पाइने गरेको जानकारहरु बताउँछन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...