दार्चुला र बैतडीमा चट्याङ : एक जना घाइते, चार पशु चौपाया मरे

दार्चुला- दार्चुलामा चट्याङ पर्दा एक महिला घाइते भएकी छिन्। जिल्लाको महाकाली नगरपालिका–९ थाप्लाका नरेशसिंह धामीको घरमा चट्याङ पर्दा उनको श्रीमती २८ वर्षीया कौशादेवी धामी घाइते भएकी हुन्।

कौशादेवीको दाहिने हात र खुट्टा झमझमाई रहेपछि उनलाई उपचारका लागी थाप्ला स्वास्थ्य चौकीमा लगिएको प्रहरीले बताएको छ। बिहीबार बिहान धामीको घरमा चट्याङ परेको हो ।

Navadurga sun

यस्तै उनको गोठभित्र रहेको एक भैँसीको मृत्यु भएको छ। यस्तै बैतडीको पुर्चौंडी नगरपालिका–१ कनेडापानीका प्रेमसिंह भण्डारीको घरनजिकै रहेको विद्युतको तारमा बुधवार राति चट्याङ परेको छ।

उनको गोठमा बाँधेका दुई वटा भैँसी एउटा बाख्राको मृत्यु भएको छ। चट्याङबाट दुई वटा मोबाइल, विद्युतको मिटर बक्स र भण्डारीको घरको वायरिङ तार जलेर नष्ट भएको छ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...