धनगढीमा लागुऔषधसहित युवक पक्राउ

धनगढी- धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। बुधवार राति धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट गोदावरी नगरपालिका–१ का २४ वर्षीय हेमसिंह साउदलाई पक्राउ गरिएको हो।

उनीमाथि शंकालागि चेकजाँच गर्दा १ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारेको कैलाली प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिइएको प्रहरी टोलीले साउदलाई नियन्त्रणमा लिएको जनाइएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...