कैलालीमा सालको काठसहित ६ ट्रक प्रहरी नियन्त्रणमा

डोटी- कैलालीको चुरेमा काठको गुलियासहितका ६ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। डोटीदेखि आइरहेका सालको काठसहित ६ ओटा ट्रक कैलालीबाट नियन्त्रणमा लिइएको हो।

डोटीको बडिकेदार गाउँपालिका–२ को हरियाली सामुदायिक वनको ९६७१।९२ क्यु फिट० र जनमुखी सामुदायिक वनको ९२२४८।३४ क्यु फिट० सालको गोलिया कैलालीको चुरे गाउँपालिका–१ चोट्टेको बाटो हुँदै आइरहेका थिए। उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिपीनगर डोटीबाट खटिएको टोलीले कैलालीको चुरे–१ बाट पक्राउ गरेको हो।

Navadurga sun

ना ५ ख ८००७, ना ४ ख ८३१९, लु २ ख ५१०३, सु।प।प्र।०१००१ ख २९९६, ना ७ ख २६१५ र से १ ख १५७४ नम्बरको ट्रकलाई सालको गोलिया लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

छुट पुर्जी नभएकाले ट्रकहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। उक्त ट्रकहरुलाई आवश्यक कारबाहीका लागि केदारेश्वर सव डिभिजन वन कार्यालय बिपीनगर डोटीमा बुझाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...