कञ्चनपुरमा पहिलोपटक अस्पाल्ट विधिबाट सडक कालोपत्रे

कञ्चनपुर- कञ्चनपुरमा पहिलोपटक उच्चस्तरीय अस्पाल्ट विधिबाट सडक कालोपत्रे गरिएको छ । जिल्लाको वेदकोट नगरपालिकाअन्तर्गत पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण गाउँ जोड्ने सडक अस्पाल्ट विधिबाट कालोपत्रे गरिएको हो ।

Ganyapdhura gau

वेदकोट– ९ कोल्डस्टोरदेखि सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग भएर भीमदत्त नगरपालिका– २ उल्टाखाम जोड्ने सडक अस्पाल्ट विधिबाट कालोपत्रे गरिएको छ। प्रदेश सरकारले बेदकोट नगरपालिका वडा नं. ९ र ७ सुन्दरपुर गाउँ भएर भीमदत्त– २ उल्टाखाम बागफाँटा जोड्ने सडक अस्पाल्ट विधिबाट कालोपत्रे गरेको हो।

Navadurga sun

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज भट्टले ११ सेन्टिमिटर मोटाइसहित जिल्लामै पहिलोपटक अस्पाल्ट कंक्रिटबाट सडक निर्माण गरिएको बताए। उनका अनुसार ६ सेन्टिमिटर डिभिएम र ५ सेन्टिमिटर अस्पाल्ट हालेर सडक कालोपत्रे गरिएको हो। सडकछेउमा नाला र नहरमा स्लेभ ढलान गरिएको छ। अन्य कालोपत्रे ४ देखि ६ सेन्टिमिटर मोटाइ भए पनि यो सडकले दोब्बर तेब्बर हुँदा हेभी सवारीसाधन सहजै धान्नेछ।

Dadhaldhura pur

सूचना अधिकारी भट्टका अनुसार उक्त १२ सय मिटर सडक कालोपत्रेका लागि गत वर्ष चार करोड २६ लाख २३ हजारमा कुमार–अमृत–भागेश्वर जेभीले ठेक्का पाएको थियो। २७ जेठ ०७९ देखि असार मसान्त ०८० मा निर्माण गरिसक्नुपर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले सम्झौताअगावै कालोपत्रे निर्माण गरिसकेको छ ।

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगकै पहलमा उक्त सडक आधुनिक विधिबाट कालोपत्रे गरिएको हो। उक्त क्रसर उद्योगका सञ्चालक तेजबहादुर चन्दले उद्योग र स्थानीयको आवतजावतदेखि विभिन्न व्यावसायिक एवं सामाजिक कार्य गर्न उक्त सडक प्रयोग गर्नुपर्ने अवस्थामा सामान्य परम्परागत रूपमा सडक कालोपत्रे गर्दा पुनः भत्किने र टुटफुट हुने भएकाले प्रदेश सरकारसँगको पहलमा सडक कालोपत्रे भएको बताए।

पूरै सडक कालोपत्रे र निर्माण भएको सडकमा लाइटिङदेखि सजावट गरिने उनले बताए । ‘अहिले सडक निर्माण भएपछि हामी उद्योगी–व्यवसायी एवं स्थानीयलाई सहज भएको छ,’ उनले भने, ‘यो लामो अवधिसम्म सञ्चालन हुन्छ ।’ पूर्व–पश्चिम राजमार्ग कोल्डस्टोरदेखि उक्त सडक उल्टाखाम बागफाँटा, निम्बुखेडा, भगतपुर भएर महेन्द्रनगर बजार जोड्ने झन्डै सात–आठ किलोमिटर भए पनि हाल एक किलोमिटरभन्दा केही बढी कालोपत्रे गरिएको छ।

सुन्दरपुर क्षेत्रमा भएको आधुनिक सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले कच्चा पदार्थदेखि अन्य वस्तु ओसार्दा कोल्डस्टोर सडक भत्किँदै आएको थियो । यसअघि दुईपटक उद्योगकै लगानीमा कालोपत्रे गरिए पनि ठूलो लोडका सवारीसाधन गुडाउँदा भत्किने समस्या थियो । कुमार, अमृत, भागेश्वर जेभीका सञ्चालक पदम बोहराले सम्झौताअनुरूप समयमै गुणस्तरीय रूपमा सडक निर्माण गरिएको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...