संघर्ष समितिले सार्वजनिक ठाउँमा गेटामा मेडिकल विश्वविद्यालय कीन ? लेखिएको पर्चा बाँडियो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका ५ गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय माग गर्दै सुरु भएको आन्दोलन जारी रहेको छ । आईतबार शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सार्वजनिक ठाउँमा गेटामा मेडिकल विश्व विद्यालय कीन ? लेखिएको पर्चा बाडेका हुन् ।

संघर्ष समितिले अत्तरिया बसपार्कमा यात्रु, सवारी चालक, टिकट काउन्टरहरुमा उक्त पर्चा बाडेका हुन । सरकारले आफ्ना मागहरुप्रति वेवास्ता गरेको भन्दै संघर्ष समितिले आन्दोलन जारी राखेको छ । एक दिने सुदूरपश्चिमा आमहड्ताल समेत गरेको संघर्ष समितिले पछिल्लो समय विभिन्न ठाउँमा शान्तिपूणर् रुपमा आफ्नो आन्दोलनका कार्यक्रम गरिरहेको छ ।

Navadurga sun

गेटामा किन मेडिकल विश्वविद्यालय आवश्यक छ भन्ने बारेमा आम सर्वसाधारणलाई जानकारी दिन आईतबार पर्चा बाडिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले जानकारी दिए । उनले पहाडी जिल्ला र काठमाण्डौं जाने बसमा सवार यात्रु चालकलाई पर्चा वितरण गरिएको बताए ।

पर्चा वितरण कार्यक्रमको बसपार्कमा समापन गर्दै उनले आन्दोलनका कार्यक्रम संचालन गरेपछि केही माग पुरा हुने क्रममा रहेका भएपनि गेटामा मेडिकल विश्वविद्यालय यथासिघ्र संचालनका लागि थप दवाव दिन दवावमुलक कार्यक्रम जारी रहेको बताए । कार्यक्रममा संघर्ष समितिको उपसंयोजक आन्नद भट्ट, सचिव धर्मसिहं कुँवर, लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...