सुकुम्बासी बस्तीमा राज्यमन्त्री चुनकुमारी चौधरीले दिइन् बंगुरका पाठापाठी

अत्तरिया, २८ जेठ- सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले सुकुम्बासी बस्तीमा बंगुरका पाठापाठी वितरण गरेकी छन् ।

राज्यमन्त्री चौधरीले कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ बरबट्टामा रहेको सुकुम्बासी बस्तीका ७० विपन्न परिवारलाई बंगुरका पाठापाठी वितरण गरेकी छिन् ।

Navadurga sun

बंगुरका पाठापाठी वितरण गर्दै राज्यमन्त्री चौधरीले विपन्न वर्गको जिवनस्तर उकास्नका लागि आफूले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलाली संग समन्वय गरी बंगुरका पाठापाठी वितरण गरेको समेत बताईकी छिन् ।

बंगुरका पाठापाठी वितरण कार्यक्रममा गोदावरी नगरपालिकाको वडा नं. ५ का वडा अध्यक्ष कणर् सिंह बोहरा सहित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका कर्मचारीहरुको सहभागिता समेत रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...