

अत्तरिया- कैलालीको अत्तरियामा शनिवार साँझ सिट्टी बजाएर प्रदर्शन गरिएको छ । गेटामा निर्माणाधिन शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु संसदबाटै अनुमोदन गरिनुपर्ने लगायतका माग गर्दै अत्तरियामा सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको हो ।



शनिवार साँझ शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विधेयक अनुमोदन संगै गेटामा तत्काल ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै सिट्टी बजाएर प्रदर्शन गरेको छ । उनीहरुले बिभिन्न नारा लेखिएका पोष्टर सहित सिट्टी बजाउँदै अत्तरिया बजार परिक्रमा गरेका थिए ।


संघर्ष समितिका संयोजक लोक राज पाण्डेय आगोले गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापनाका लागि भइरहेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत सरकारको कान, आँखा खोल्न सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको बताए । उनले पटक-पटक सरकारबाट धोका पाएका सुदूरपश्चिमका जनता अब माग पुरा नहुँदा सम्म पछि नहट्ने बताएका छन् ।