खानेपानी योजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण

कैलाली- रोटरी क्लब धनगढीले गोदावरी नगरपालिका वडा नम्बर ११ मा निर्माण गरेको खानेपानी योजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ। रोटरी क्लब धनगढीले मंलबार गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई एक कार्यक्रमका बीच खानेपानी हस्तान्तरण गरेको हो। गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले खानीपानी टंकीको उद्घाटन र हस्तान्तरण गरेका हुन् ।

Dadeldhura hospital

रोटरी क्लब धनगढीले ग्लोबल ग्रान्ट नम्बर १८६०१५३ अनुसार खानेपानीको समस्या भोग्दै आएको गोदावरी ११ र १२ का लागि २ लाख २५ हजार लिटर क्षमताको खानीपानी टंकी निर्माण गरेको हो। खानेपानी आयोजनाबाट दुई वडाका एक हजार ११२ घरधुरी लाभान्वित हुनेछन्। खानेपानी योजनाले ९ सय धारा जडान गरिसकेको छ।

Navadurga sun
Godawari sandesh

रोटरी क्लब धनगढीका अध्यक्ष ठेकेन्द्र जोशीको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण विकले २०२३ मा बसेको ओलानी क्षेत्रको बस्तीमा अहिलेसम्म खोलाको पानी पिउनु परेको सुनाए। उनले पानीका मुल सुक्दै गएकाले नहर र कुलोको पानी पिउने अवस्था अब भने अन्त्य भएको बताउँदै रोटरी क्लबलाई धन्यवाद दिएका थिए।

Loading...