

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको मूल गेटमा एक युवकले मौन अनसन सुरु गरेका छन् । कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै एक युवकले मौन अनशन सुरु गरेका हुन् ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का पर्वतराज जोशीले सोमबार बिहानदेखि अनसन सुरु गरेका हुन् । यसैबीच विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितले आजै २ बजेदेखि प्रदेश सभा अगाडि प्रदर्शनसहित अवरोध सिर्जना गर्ने कार्यक्रम तय गरेको छ । प्रदेश सांसदलाई प्रवेशमा अवरोध गर्ने भएको हो ।
