धनगढीमा लक्षित समूह नै खोप लगाउनबाट वञ्चित

अत्तरिया, २८ जेठ– धनगढी उपमहानगरपालिकामा ६२ देखि ६४ उमेरकालाई लक्षित गरी आएको कोरोना भाइरसविरुद्धको खोप ५ हजार ७ सय जनाले लगाउन पाएका छन् । ‘उपमहानगरपालिकाका लागि आएको ५ हजार ७ सय डोज खोप पूरै लगाइयो,’ स्वास्थ्य शाखाका कृष्ण बोहराले भने, ‘कुन वर्गले कति लगाए त्यो रेकर्ड निकाल्दै छौं ।’ उनले ६२ देखि ६४ वर्षको उमेर समूहलाई लक्षित गरी खोप आएको भए पनि अन्यले पनि लगाएको बताए ।

पहिलो र दोस्रो चरणमा छुटेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कर्मचारी र सुरक्षाकर्मीले पनि लगाएको उनले बताए । बोहराले खोप अपुग भए नभएको तथ्यांकको विश्लेषण गरेपछि मात्रै थाहा हुने बताए । बिहीबार अन्तिम दिन अन्तिम समयसम्म पनि लाइन नै थियो,’ उनले भने, ‘जति खोप प्राप्त थियो । सबै लगायौं ।’ लक्षित समूहले भन्दा धेरै अन्य उमेर समूहकाले लगाएकाले विरोध पनि भएको छ ।

Navadurga sun

लक्षित समूहकाहरू धेरै जना खोपबाट वञ्चित भएको धनगढी ५ का सिद्धराज भाटको दाबी छ । ‘सबैले खोप पाउनु राम्रो हो,’ उनले भने, ‘तर उमेर समूहकालाई पहिला भनेपछि वृद्धवृद्धाको लाइनमा युवा किन कसरी आए ।’ नगरपालिका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनीतिक पहुँच भएका आफन्तले १८ वर्षमाथिका घरका सबै परिवारलाई खोप लगाएको उनको दाबी छ । धनगढीका ६१ वर्षीय सिद्धराज भट्टले वृद्धवृद्धाले सहज रूपमा खोप पनि लगाउन नपाएको बताए । ‘अन्य उमेर समूहका भीडमा आफूले लाइनमा निकै धक्कामुक्की सहनुपर्यो,’ उनले भने, ‘सरकारले वृद्धवृद्धाहरूलाई सहज रूपमा खोप लगाउने व्यवस्था गर्न सकेन ।’ प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले लक्षित समूहभन्दा बाहिरका समूहलाई लगाएको गुनासोसम्बन्धी छानबिन भइरहेको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...