सुदूरपश्चिममा पूर्व प्रदेश सांसदहरू संगठित, प्रदेशसभालाई प्रभावकारी बनाउने लक्ष्य

gyan kendra dadel

कैलाली- सुदूरपश्चिम प्रदेशका पूर्वसांसदहरू संगठित भएका छन् । प्रदेशका पूर्वसांसदहरूको भेलाले पूर्वसभामुख अर्जुनबहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय पूर्वप्रदेशसभा सदस्य मञ्चको तदर्थ समिति गठन गरेको छ । भेलाले मञ्चको विधान पारित गरेको पूर्वप्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

Khanepani dadeldhura
udhok dadeldhura

उनका अनुसार पूर्वप्रदेशसभा सदस्य हर्कबहादुर कुँवरको संयोजकत्वमा गठन गरिएको समितिले विधानको मस्यौदा तयार गरेको थियो । उक्त समितिको सदस्यमा पूर्णा जोशी र दुर्गा विक रहेका थिए । उक्त समितिले तयार पारेको विधान शुक्रवार पारित गरिएको हो ।

ajaymeru gaupalika

पूर्वप्रदेशसभा सदस्य मञ्चलाई आइतबार अन्तिम रूप दिने तयारी छ । मञ्चको ७ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ । जसको संयोजक पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट छन् । संविधानको रक्षा र व्यवस्था बलियो बनाउने उद्देश्यले मञ्च गठन गरिएको जोशीले जानकारी दिइन् ।

‘संविधान जोगाउन हामी एकीकृत भएका हौं’, उनले भनिन्, ‘संविधानको रक्षा र प्रदेशसभाले बनाएका कानून कार्यान्वयन गराउन पनि हामी भूमिका खेल्नेछौं ।’

Loading...