कञ्चनपुर प्रहरीद्धारा निषेधाज्ञा अवधीमा ३२ लाख बढी राजस्व संकलन




कञ्चनपुर, २८ जेठ- जिल्लामा जारी गरिएको निषेधाज्ञाको समयमा कञ्चनपुर प्रहरीले ३२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।


राजस्व छलेर भारतबाट अवैध सामान ल्याउने, मास्क नलगाउने र निषेधाज्ञाको उल्लंघन गरेर सवारी साधन चलाउनेबाट जिल्लामा ३२ लाख भन्दा बढी राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले जानकारी दिए ।



मास्क नलगाई हिड्ने ४ सय ४६ जनाबाट ३७ हजार ५० रुपैया, निषेधाज्ञा उल्लंघन गर्ने ठूला तथा साना सवारी साधनबाट १ लाख ६ हजार ७ सय रुपैया राजस्व राजश्व संकलन भएको उनले बताए ।
यसका साथै निषेधाज्ञाको समयमा भन्सार छलेर अवैध सामान ल्याउने व्यक्तिहरुबाट हालसम्म ३१ लाख २५ हजार ५ सय ३१ रुपैया राजस्व संकलन भएको उनले बताए ।
प्रहरीले निषेधाज्ञा अवधी भरीमा नै ३२ लाख ६९ हजार २ सय ८१ रुपैया राजस्व संकलन गरेको हो ।
प्रहरीले गोप्य सूचनाको आधारमा निषेधाज्ञाको समयमा ३४०.४१ क्यूफिट काठ समेत बरामद गरेको डिएसपि थापाले बताए ।



