गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै काठमाण्डौंमा एमालेको प्रदर्शन

धनगढी– कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै काठमाण्डौंमा प्रदर्शन गरिएको छ। नेकपा एमालेको सुदूरपश्चिम काठमाण्डौँ सम्पर्क कमिटिको आयोजनामा माइती घर मण्डलामा शुक्रवार प्रदर्शन गरिएको हो।

नेकपा एमालले गेटामा सहिद शदरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदर्शन गरेको हो। गेटामा विश्वविद्यालय सञ्चालन गर्न सरकारलाई दबाब दिन बजेट आए लगत्तै आन्दोलन भइरहेको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीमा चरणबद्ध आन्दोलन गरिरहेको छ।

Navadurga sun

गेटामा विश्वविद्यालय स्थापनाका लागि संसदमा विधेयक पेश नहुँदासम्म आन्दोलन गरिने संघर्ष समितिका संयोजक लोकराज पण्डे (आगो) ले बताएका छन्। उनले आन्दोलनमा एक्यवद्धता जनाउन सम्पूर्ण प्रदेशवासीलाई आग्रह गरेका छन्। रचनात्मक आन्दोलनको क्रममा बिहीवार गेटामा मुख्य प्रवेशद्वारमा विश्वविद्यालयको बोर्ड राखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...