अत्तरिया— कैलालीको अत्तरियामा रहेकोे दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको १७औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको आयोजनामा सञ्चाल भएको वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।


उक्त कार्यक्रम दुर्गालक्ष्मी बहुमुखी क्याम्पस क्याम्पस प्रमुख डा.डम्बर बहादुर पालको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बम रहनु भएको थियो ।


विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तुल्सी देवकोटा, सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देबि बिष्ट, गोदावरी नगरपालिकाका नगर उप-प्रमुख शारदादेवी रोकाया रहनु भएको थियो । अतिथिहरुमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष तथा प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी लगायत रहनु भएका थिए ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले आफू विद्यार्थीहरुको राजनीति अभिभावक रहेको बताउदै क्याम्पसका लागि आफुले गर्न सक्ने सहयोग गर्ने बताउदै गेटा मेडिकल कलेजलाई अगाडि बढाउनु पर्छ भनेर संसदमा आफुले प्रतिक्रिया जनाएको बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर उप-प्रमुख शारदादेवी रोकायाले कैलालीको गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाउनु पर्छ भन्ने सरकारको निणर्य गलत रहेको र सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन सुदूरपश्चिमका जनताले एकजुट हुनु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा.डम्बर बहादुर पालले विद्यार्थीहरुलाई पढाइमा मात्र सिमित नराखी विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन लागी वार्षिकोत्सव समारोहमा भलिबल, फुटबल, चेस, हाइजम्प, लङजम्प, दौड, बक्तिव कला स्लो साइकल रेस, हाजिरीजबाफ, नृत्य, गित, गजल लगायतका प्रतिस्पर्धात्मक प्रतियोगिता सञ्चालन गरिएको बताए । साथै प्रतियोगितामा प्रथम, द्धितृय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्करको रुपमा प्रमाणपत्र, सिल्डमेडल दिइएको समेत क्याम्पस प्रमुख पालले बताए ।
कार्यक्रम स्वागत मन्तव्य उक्त क्याम्पसका शिक्षक डा. विष्णु बहादुर कठायतले राख्नु भएको उक्त वार्षिकोत्सव समारोहमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विद्यार्थी, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।





