डोटीमा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु

Dadeldhura hospital

डोटी, २८ जेठ- डोटीमा कुखुराका चल्ला बोकेर गईरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट कुखुराका चल्ला बोकेर बाजुरा गईरहेको सुप्रप ०१०० च २६१५ नम्बरको जिप डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ कालागाडस्थित रेडियो नेपाल नजिक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका जीप चालक धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगरका ५० वर्षीय हुकुम शाहको उपचारको क्रममा दिपालयमा रहेको शैलेश्वरी अस्पतालमा मृत्यु भएको हो । शुक्रबार बिहान ५ बजेको समयमा जिप दुर्घटना भएको र जिप सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Loading...